नेविसंघ सानीभेरिको अध्यक्षमा हेमराज केसी निर्वाचित

नेविसंघ सानीभेरिको अध्यक्षमा हेमराज केसी निर्वाचित

मुसिकोट । नेपाल विद्यार्थी संघ रुकुम पश्चिम्को सानीभेरि गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका विच अधिबेशन सम्पन्न भएको नेविसंघ रुकुम पश्चिमले जानकारी दिएको छ । अधिबेशनबाट सर्बसम्मत रुपमा हेमराज केसीको संयोजकत्वमा ४३ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

नेपाली काग्रेस सानीभेरि गाउँपालिका सभापति कर्ण बहादुर डाँगीको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य तारक केसी, जिल्ला सभापति लाल बहादुर ओलि, सानीभेरी गाउँपालिका सचिब इन्द्र बहादुर खड्का, नेविसंघका नेता तिलक डाँगी, यज्ञ परियार, भिम बहादुर खड्का, बिर बहादुर खड्का, गाउँपालिका वडा नम्बर १० सभापति नर बहादुर खडका र वडा नम्बर ११ सभापति तुलसिराम बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

त्यस्तै नेविसंघ रुकुमका सभापति लाल बहादुर ओलीले पूर्व निर्धारित कार्यक्रम भएपनि कोरोना भाइरसका कारण केहि ढिला भएपनि अब स्वास्थय मापदण्डहरु पालन गरेर जिल्लाका सबै स्थानीयतहरुमा पुगेर संगठन विस्तार गरिने बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार