कोरोना संक्रमण रोक्न सतर्कता अपनाउँदै मुसिकोट नगरपालिका वडा नं. १३

कोरोना संक्रमण रोक्न सतर्कता अपनाउँदै मुसिकोट नगरपालिका वडा नं. १३

रुकुम पश्चिम १४ चैत्र
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को संक्रमण फैलिन नदिन रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर -१३ मा कोरोनाभाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।

वडा अध्यक्ष दिपक केसी लगायत अन्य वडा सदस्यहरुको पहलमा आफनो वडामा कोरोना भाइरस सम्बन्धी सचेनता कार्यक्रमहरु गरिएको वडा सदस्य खल बहादुर खड्काले बताउनु भयो ।  उहाँ अनुसार वडाका सबै घरमा पुगेर परिवार संख्या अनुसार मास्क र २ वटा हात धुने साबुन वितरण गरिएको र बाँकी टोलमा भोलि पनि बितरण गरिने भएको छ ।

यस्तै वडाबासीहरुलाई सरकारले लागु गरेको लकडाउनको पूर्णरुपमा पालन गर्नुका साथै व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।  वडाले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक संकलन गरेरै कारोना भाइरसबाट हुने जोखिमबारे निगरानी बढाएको छ ।

विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई स्वास्थ्य परीक्षण गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको वडा अध्यक्ष केसीले  बताउनु भयोे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार