शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पोजेटिभ

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पोजेटिभ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ललितपुरको पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो।

मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए। मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल अहिले पनि पाटन अस्पतालमै छन्। ‘ज्वरो आएपछि हिजो उहाँ पाटन अस्पताल जानुभएको हो। स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ देखियो,’ खड्काले भने।

यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार