कांग्रेस रुकुमको अभियानः ‘एक मतदाता, कांग्रेसको सदस्यता’

कांग्रेस रुकुमको अभियानः ‘एक मतदाता, कांग्रेसको सदस्यता’

नेपाली कांग्रेस रुकुम पश्चिमले एक मतदाता कांग्रेसको सदस्यता अभियान सञ्चालन गरेको छ । नेपाली कांग्रेस मुसीकोट नगर समितिले एक मतदाता कांग्रेसकको सदस्यता अभियान सञ्चालन गरेको हो ।

मुसीकोट नगरपालिकाका १४ वटै वडाका मतदाताहरुलाई कांग्रेसको सदस्यता वितरण गर्ने र संगठन बलियो बनाउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको नोपली कांग्रेस मुसीकोट नगरपालिकाका सभापति महेन्द्र केसीले जानकारी दिएका छन् । उनका अनुसार ‘ असोज १८ गते बसेको मुसीकोट नगरपालिकाको बैठकको निर्णय अनुसार सदस्यता वितरण प्रक्रिया अगाडि बढाउने र गाउँ टोलमा नेपाली कांग्रेसको टोल समिति गठन गर्नुका साथै भातृ संगठनहरु पनि विस्तार गर्ने निर्णय गरेको छ ।

यसका साथै गाउँ टोलमा गएर स्थानीय जनताको समस्या बुझ्ने, स्थानीय सरकारले गरेका विकासे गतिविधीहरुको कामको गुणस्तरियता, पार्दशिता र जवाफदेहीताबारेमा खोजी गरेर राम्रो कामको समर्थन र विकास निर्माणमा भएका अनियमितताको बारेमा भण्डाफोर गर्ने नगर सभापति केसीले जानकारी दिएका छन् । अभियानका क्रममा विभिन्न पार्टी प्रवेश गरि करिब तीन दर्जन बढी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

त्यस्तै काँग्रेस मुसीकोट नगरपालिकाले सञ्चालन गरेको एक मतदाता, नेपाली काँग्रेसको सदस्यता अभियान छिवाङबाट सुरुवात गरिएको छ । असोज २३ गते मुसीकोट नगरपालिकाको १३ नम्बर वडाको बैठकबाट एक मतदाता, काँग्रेसको सदस्यता अभियानको सुरुवात गरिएको मुसीकोट नगरपालिका १३ नम्बर वडाका सभापति टीकाराम ओलीले जानकारी दिएका छन् । उनका अनुसार नेपाली कांग्रेसको एक मतदाता, काँग्रेसको सदस्यता अभियानको क्रममा नेपाली कांग्रेस रुकुमका महासमिति सदस्य तथा केन्द्रिय नीनि अनुसन्धान तथा प्रशिक्षण विभागका सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेस रुकुमका कोषाध्यक्ष मोहविर खड्का, मुसीकोट नगरपालिकाका सभापति महेन्द्र केसी, नेपाल तरुण दल जिल्ला उपाध्यक्ष यज्ञबहादुर विष्ट लगायतको आथित्यता रहेको थियो ।

बैठकले (१३ नम्बर वडा) साविकका छिवाङ गाविस अन्र्तगतका वडा र टोलमा गएर सदस्यता वितरण र संगठन विस्तार कार्यक्रम अगाडि वढाउने सभापति ओलीको भनाई रहेको छ । नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका सदस्य कृष्णबहादुर रोकाले यो अभियानले गाउँ तहका जनतासँग भेटघाट बढाउने, पार्टी संगठन विस्तार हुने र सदस्यता बृद्धि हुने भएकाले यसलाई प्रभावकारी रुपमा अगाडि वढाउनु पर्ने जोड दिएका छन् ।

त्यस्तै नेपाली कांग्रेस रुकुमका कोषाध्यक्ष मोहबीर खड्काले टोल टोलमा गएर नेपाली कांग्रेसको संगठन निर्माणका साथै भातृ संगठनहरुको गठन तथा पुर्नगठन गरी पार्टीका गतिविधीलाई चलायमान बनाउनु पर्ने धारणा राखेका छन् । त्यस्तै मुसीकोट नगरपालिकाका सभापति महेन्द्र केसीले स्थानीय सरकारले गरेका गलत कार्यको भण्डाफोर गर्न आग्रह गरेको जनाएको छ ।

तरुण दलका उपाध्यक्ष यज्ञबहादुर विष्टले तरुण दललाई गाउँ टोलमा विस्तार गर्ने युवा तथा तरुण सम्वन्धी गतिविधी सञ्चाल गर्ने धारणा राखेका थिए । अभियानकै क्रममा असोज २४ गते मुसीकोट नगरपालिका ७ मा वडा समितिको बैठक बसेको थियो । गाउँ टोलमा नेपाली कांग्रेस मुसीकोट नगरपालिकाको अभियानलाई तिव्रताका साथ अगाडि वढाउने निर्णय गरेको छ ।

बैठक मुसीकोट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष महेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका सदस्य कृष्णबहादुर रोकाय, संघीय मामिला तथा प्रदेश समन्वय विभागका सदस्य लालबहादुर महत, नेपाली कांग्रेस रुकुमका कोषाध्यक्ष मोहबीर खड्का, नेपाली कांग्रेस मुसीकोट नगरपालिका सभापति महेन्द्र तरुण दल रुकुमका उपाध्यक्ष यज्ञबहादुर विष्ट, नेपाल दलित संघका सभापति प्रविर ददेल लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार