सामान्य प्रशासन मन्त्रालयका दर्जन बढी कर्मचारी कोरोना संक्रमित

सामान्य प्रशासन मन्त्रालयका दर्जन बढी कर्मचारी कोरोना संक्रमित

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दर्जन बढी कर्मचारी कोरोना संक्रमित पाइएका छन् । मन्त्रालय स्रोतका अनुसार सचिव सूर्यप्रसाद गौतम सहित १६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

मन्त्रालयका १ सय ६३ जना कर्मचारीको गत शुक्रबार स्वाब संकलन गरिएको थियो । मंगलबार त्यसमध्ये १ सय ४० जनाको रिपोर्ट आएकोमा कोरोना पोजिटिभ देखिएकाको संख्या दर्जनबढी पाइएको छ ।
केही साता अगाडि मन्त्रालयका प्रवक्ता सह-सचिव वसन्त अधिकारी र उनको सचिवालयमा कार्यरत एकजना कर्मचारी कोराना संक्रमित भएका थिए । त्यसपछि सामूहिक रुपमा सबै कर्मचारीको परीक्षण गरिएको हो ।

सह-सचिव अधिकारी भने निको भएर मन्त्रालयको कामकाजमा फर्किसकेका छन् । तर, मन्त्रालयमा संक्रमितको संख्या बढी देखिएपछि धेरैजसो कर्मचारीले आफूलाई आइसोलेसनमा राखेका छन् । मन्त्री हृदयश त्रिपाठीको स्वास्थ्यमा देखिएको अन्य समस्याका कारण अस्पतालमा भर्ना छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार