राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष शाहको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष शाहको निधन

मुसिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुमका पुर्ब  जिल्ला अध्यक्ष मुकुन्द बहादुर शाहको निधन भएको छ । लामो समय देखी सुगर र प्रेसरबाट पीडित शाहको बुधबार ६९ बर्षको उमेरमा नेपालगन्जमा उपचारको क्रममा निधन भएको जनाएको हाे ।

शाह पञ्चायतदेखी निरन्तर रुपमा राजनीतिमा क्रियाशिल रहेका थिए । लामो समयदेखी राजनीतिमा लागेका उनी राजनीतिमा आदर्श, निष्ठा र निडर ब्यक्तित्वको रुपमा परिचित थिए । शाह २००८ सालमा चौरजहारी नगरपालिका-३ मा जन्मीएको र हाल उनी नेपालगञ्जमा बस्दै आएको थिए। उनको निधनले पार्टीमा ठुलो क्षती पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  रुकुम पूर्वका अध्यक्ष सुधिर शाहले जानकारी दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार