रुकुम पश्चिममा ६५ औं प्रहरी दिवस मनाइयो

रुकुम पश्चिममा ६५ औं प्रहरी दिवस मनाइयो

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विभिन्न कार्यक्रमको आयोजना गरी ६५ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमको प्राङ्गणमा भव्य कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख राजकुमार शर्मा, मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकाय, नेपाली काँग्रेस मुसीकोट नगरपालिकाका सभापति महेन्द्र केसी, मुसिकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष  बीरबल केसी लगायत विभिन्न पार्टीका प्रमुख प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरु, समाजसेवी, बुद्धिजीबि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

दिवसको अवसर आयोजना गरिएको कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, प्रहरीलाई जग्गादान गर्ने स्थानिबासी, विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति सामाजिक संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कृत समेत वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् ।

त्यस्तै दिवसका अवसरमा प्रहरी हवल्दारहरु जनक थापा, सुमन गुरुङ, प्रदिप चन्द, गजेन्द्र चौधरी बसन्त गिरी, यस्तै प्रहरी जवानहरु बिक्रम बुढाथोकी, नवराज खड्का, हिमाल शाही, प्रहरी नायव निरिक्षक शान्तिश शाह,र रमेश केसी र द्धन्द्ध कुमार पोख्रेललाई उत्कृष्ट कार्य गरेबापत सम्मान गरिएको छ । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार महेश केसी, जिल्ला अस्पताल सल्लेमा कार्यरत संन्जित मल्ल, व्यवसायी पशुपति केसी, मोहवीर खड्का र बलजीत बोहरालाई सम्मान गरिएको छ । कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीको सम्मानमा उनीहरूका परिवारका सदस्यलाई सम्मान गरिएको छ ।

यस्तै ब्याडमिन्टन खेलमा प्रथम स्थान हासिल गर्ने नरेश डाँगी र एकनारायण चौधरी यस्तै द्वितीय स्थान हासिल गर्ने अशोसिङ बोहरा अलम थापालाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रबक्ता हरि ओलीले गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार