लमहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

लमहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

दाङ । दाङको लमही नगरपालिका–५ का कोरोना संक्रमितको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको वडाध्यक्ष बिमबहादुर केसीले जानकारी दिएका छन ।

उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

श्रीमानको मृत्यु भए पनि श्रीमतीको स्वास्थ्य भने सुधार हुने क्रममा रहेको जनाइएको छ। अहिले शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताएका छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली मृतकको घर जाने तयारीमा रहेको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार