बाँकेको भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । असोज १० गते स्वाबको नमुना दिएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–१७ जयसपुरका ७० वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ । उनलाई असोज १३ गते कोरोना पोजिटिभ देखिएको थियो । भेरी अस्पतालमा असोज १२ गतेदेखि उपचारका लागि भर्ना भएकी उनको सोमबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार