आठबीसकोटबाट १२ किलो अफिम सहित दुई जना पक्राउ

आठबीसकोटबाट १२ किलो अफिम सहित दुई जना पक्राउ

प्रहरीले बरामद गरेको अफिम

मुसिकोट । शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १२ किलो लागु ओैषध (अफिम) सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको आठबीसकोट नगरपालिका-९ राडिबजारमा रहेको स्थानीय धिरेन्द्र शाहको घरमा बस्दै आएका जाजरकोट जिल्लाको नलगाड नगरपालिका-८ बस्ने बर्ष ४६ को माल बहादुर सिंह र सोहि ९ बस्ने वर्ष ६० को काली बहादुर सिंहको साथबाट प्रहरीले उक्त सामाग्री बरामद गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, ब्यूरो सुर्खेतको टोली, जिप्रका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले धिरेन्द्र शाहको घरमा खानतलासी गर्ने क्रममा १२ किलो अफिम सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार