दाङ मोटरसाइकल दुर्घटना : तीन जना किशोरको मृत्यु

दाङ मोटरसाइकल दुर्घटना : तीन जना किशोरको मृत्यु

दाङमा मोटरसाइक दुर्घटनामा परेर ज्यान गुमाएका तीनजना व्यक्तिको पहिचान खुलेको छ । राप्ती गाउँपालिका–४ मौरीघाटमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तीनजनाको पहिचान खुलेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी १६ वर्षीय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षीय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी १७ वर्षीय दिनेश घर्ती रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मंगलबार लमही भालुवाङ सडक खण्ड अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा राति पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । ट्रक समेत पल्टिएको छ ।

मृतक तीनैजनाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार