आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ भने हालसम्‍म मृत्यु हुनेको संख्या १ हजार २ सय २१ जना पुगेको छ।

यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने १ हजार ४ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा ४, झापामा २२, ताप्लेजुङमा ८, तेह्रथुममा ७, धनकुटामा ६, भोजपुरमा २, मोरङमा ३१, संखुवासभामा २, सुनसरीमा २६, सोलुखुम्बुमा १३, धनुषमा १ जना कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै बारामा ३, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २, सिराहामा ५, काठमाडौँमा ६३२, काभ्रेपलानचोक ४, चितवनमा ३६, दोलखा ५, धादिङमा ९, नुवाकोटमा ४४, भक्तपुरमा ४२, मकवानपुरमा ५, रसुवामा ३, ललितपुरमा १३३, सिन्धुपाल्चोकमा ४ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी कास्कीमा ३९, गोर्खामा ४, तनहुँमा ६, नवलपरासी पूर्व ८, लमजुङमा २, बागलुङमा २, स्याङजामा ३, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १७, गुल्मीमा २२, दाङमा ६४, नवलपरासीमा १६, पाल्पामा २२, बर्दियामा ६, बाँकेमा २८, रुपन्देहीमा ९१, रोल्पामा २, दैलेखमा ६ रुकुमपश्चिममा २, सल्यानमा १, सुर्खेतमा २, हुम्लामा १, अछाममा ३, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेलधुरामा २, डबझाङमा ६, बैतडीमा ६ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ पीसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या १०२१ रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार