रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : मृतककाे संख्या ५ पुग्यो

रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : मृतककाे संख्या ५ पुग्यो

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ मा शुक्रबार भएको जिप दुर्घटनामा थप एकको मृत्यु भएको छ । सोहि नगरपालिकाको वडा नं. ८ का ५८ वर्षका लालबहादुर सार्कीको उपचारकै क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा जाजरकोटमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । याेसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

आठबीसकोट नगरपालिका वडा नं‍. ८ को दाजेबाट १२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जीप दाजेमा दुर्घटना भएको हो । जीप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा आठबिसकोट–८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप चालक वडा नं. ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार