दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङ । मोटरसाइकलको ठक्करबाट दाङको देउखुरीमा आज बिहान एक जनाकोे मृत्यु भएको छ। लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले ठक्कर दिँदा सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगर गम्भीर घाइते भएका थिए।

मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार