अस्पतालको आइसोलेसनबाट एकजना फरार

अस्पतालको आइसोलेसनबाट एकजना फरार

काठमाडौं– उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्याक्ति शनिबार फरार भएका छन्।

भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका २१ जनामध्ये ३८ वर्षीय कृतिमान मगरातीलाई अस्पतालको आइसोलेसन राखिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा १०० डिग्री ज्वरो आएका मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्पतालका निमित्त मे.सु. मुकलेश माधवीले बताए। मगरातीसँगै आएका अन्य २० जनालाई नेपाली सेनाले बनाएको कटारी १ बेलसोतस्थित क्वारेन्टाइनमा राखिएको छ।

अस्पतालको आइसोलेसनमा राखिएका मगरातीलाई बिहानको खाना लिएर गएका होटल साहूजी हस्तबहादुर राईले आइसोलेसनमा नदेखेपछि  शौचालय गएको होला भनेर आफूले खाना त्यहीँ राखेर फर्केको बताए। खाना खानुअघि नै झोला र मोबाइल बेडमै छोडेर भागेको हुन सक्ने डा. माधवीले बताए। सुरुमा १०० डिग्री ज्वरो रहेका मगरातीको अवस्था पछिल्लो समय सामन्य हुँदै गएको डा.माधवीले जानकारी दिए।

सुरुमा साथीहरुसँगै क्वारेन्टाइनमा पठाइएकोमा त्यहाँ ज्वरो आएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार