लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन

मुसिकाेट । रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन गरिएको छ । नगरपालिकाको ५ नम्बर वडाबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान वडा नम्बर ४ को सोलाबाङमा  बिहीबार समापन गरिएको हो ।

जिल्ला स्थित विभिन्न संघसंस्थाको सहकार्यमा नगरपालिकाले गत मंसिर १० गते बुधबारदेखि शुरु गरेको अभियान बिहिबार औपचारिक रुपमा एक कार्यक्रम गरि समापन गरिएको छ । नगरका बिभिन्न टोल र बिद्यालयमा सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, नगर प्रमुख देबीलाल गौतम, विभिन्न राजनैतिक दलका प्रमुख एबं प्रतिनिधि, कार्यालयका प्रमुख एबं प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एबं प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

बिहीबार सम्पन्न अभियानको औपचारिक रुपमा उप-प्रमुख प्रेम कुमारी सुनार केसीले समापन गर्नु भएको छ । १६ दिनसम्म सञ्चालित भएकाे कार्यक्रम नगरका सबै वडाहरुमा सञ्चालन गरिए पनि कोरोनाका कारण गत बर्ष जस्तो ताम-झामका साथ भब्य रुपमा भने मनाइएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार