सरकारविरुद्ध सडकमा निस्कियो कांग्रेस

सरकारविरुद्ध सडकमा निस्कियो कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गरिरहेको छ। देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भइसकेको छ। भ्रष्टाचार, अनियमितता तथा सरकारको निरंकुश कार्यशैलीको विरोधस्वरुप कांग्रेसले प्रदर्शन गरेको हो।

कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदर्शनमा सहभगिताका लागि मास्क अनिवार्य गरिएको छ। प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा खटाएको छ।

त्यस्तै सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई र नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ। त्यस्तै उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डाक्टर रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगेका छन्। काठमाडौंमा रामचन्द्र पौडेल सहितको प्रदर्शन सुरु भइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार