रुकुम खलंगामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरू)

रुकुम खलंगामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरू)

फाइल तस्बीर

मुसिकोट । आन्तरिक किचलो र असफल नेतृत्वका कारण जनस्तरबाटै आलोचित भएको वर्तमान सरकार विरुद्ध नेपाली कांग्रेसले देशव्यापी आज प्रदर्शन गरेको छ । यसबीच नेपाली कांग्रेस रुकुम पश्चिमले पनि सरकारविरुद्ध जिल्लामा प्रदर्शन गरेको छ।

जिल्लाका विभिन्न ठाउँबाट स्थानीय नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम झिकाएर पञ्चेबाजा सहित कांग्रेसले बर्तमाण सरकार विरुद्ध प्रर्दशन गरेको हो । देशव्यापी कार्यक्रम अनुसार कांग्रेस नेता कार्यकर्ताहरुले पार्टीको झण्डा सहित सदरमुकाम मुसीकोट खलंगा बजारमा विरोध प्रर्दशन गरेका छन । कांग्रेसको र्यालीले बजार परिक्रमा गरेर सभामा परिणत भएको थियो । पार्टी कार्यालयबाट सुरु भएको र्याली , कालिकास्थान, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, मुख्य बजार, पुष्पलाचौक, सहिदगेट, त्रिवेणि चौक, पूःन कालिकास्थान हुँदै बाल मन्दिरमा पुगेर समापन भएको थियो ।

सभालाई कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओली लगायतले सरकार विभिन्न काण्डै काण्डमा मुछिदै गएको र संवैधानिक संकट निम्ताउन खोजेको आरोप लगाएका छन । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका नेताहरुको घेराबन्दीमा पर्दै गएको र उनले चालेका हरेक कदम सर्वसत्तावाद तर्फ उन्मुख भएको समेत आरोप लगाएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार