राप्रपा नेता राजेन्द्र लिङ्देन डिस्चार्ज

राप्रपा नेता राजेन्द्र लिङ्देन डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् ।  ललितपुरको मेडिसिटी अस्पतालमा ११ दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएको स्वकीय सचिव छत्र खडायतले बताए ।

निमोनियाका कारण गम्भीर बिरामी भएपछि विघटित संसदका सदस्यसमेत रहेका लिङ्देनलाई २५ मंसिरमा नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार