देउवाले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

देउवाले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार काठमाडौं क्षेत्र नं. ५ मा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन्।

अदालतमा विचाराधीन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने देउवाको भनाइ छ। जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्‍याइ संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उनले बताए।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनको भनाइ छ। अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’ तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार