करारका कर्मचारीको विवरण पठाउन पत्राचार

करारका कर्मचारीको विवरण पठाउन पत्राचार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार सेवामा कार्यरत कर्मचारीहरूको विवरण पठाउन सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गरेको छ ।

विभिन्न कार्यालयमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धी विषयमा गठित कार्यदलको निर्णयअनुसार विवरण उपलब्ध गराउन पत्राचार भइआएकोले विवरण माग गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कार्यरत अस्थायी , ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरुको विवरण यस शाखाको email : [email protected] मा उपलब्ध गराउन अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार