प्रदेश २ मा कानून मन्त्रीले लिए पहिलो काेराेना विरुद्धको खोप

प्रदेश २ मा कानून मन्त्रीले लिए पहिलो काेराेना विरुद्धको खोप

काठमाडौं । बुधबार बाट प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना विरुद्धको खोप दिने अभियान सुरु भएको छ।

प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले खोप लगाएसँगै यहाँ अभियानको सुरु भएको हो । मन्त्री यादव कोरोना भाइरसको संक्रमण मुक्त भएका व्यक्ति हुन् ।

कानून मन्त्री यादवपछि प्रदेशिक अस्पतालकी नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले कोरोना विरुद्धको खोप लगाए । स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु भएको हो ।

भ्याक्सिन लिएपछि मन्त्री यादवले भ्याक्सिन लिनुपूर्व र लिएपछि शरीरमा कुनै किसिमको फरक नपरेको बताए । उनले भ्याक्सिनविरुद्धको विभिन्न अफवाहरु रहेकोमा त्यसलाई चिर्न आफूले पहिले भ्याक्सिन लिएको बताए ।

त्यस्तै प्रदेश २ को वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मुख्यमन्त्री लालबाबु राउत र सप्तरीको राजविराजमा सामाजिक विकासमन्त्री नवल किशोर साह गएका छन् ।

उनले भ्याक्सिन ल्याउने जिम्मा संघ सरकारको रहेकोले यदि संघ सरकार त्यसबाट पञ्छिए प्रदेशवासीको लागि प्रदेश सरकार भ्याक्सिनको व्यवस्था गर्ने बताए ।

मन्त्री यादवले खुल्ला सीमा, जनघनत्व बढी रहेकोले उच्च जोखिममा रहेको यस प्रदेशमा कोरोना भाइरसको रोकथाममा स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, संचारकर्मी सबैको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रत्येक जिल्लाबाट पनि खोप दिइने व्यवस्था मिलाउने कार्यभइरहेको र यस प्रदेशको ११ स्थानबाट खोप दिइने व्यवस्था गरिने मन्त्री यादवले बताए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार