नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या १ लाख ४५ हजार पुग्यो

नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या १ लाख ४५ हजार पुग्यो

फाईल तस्बीर

काठमाडौं  । नेपालमा कोभिड–१९ खोप अभियान अन्तरगत आज आठौं दिनसम्म आइपुग्दा १ लाख ४५ हजार ८४४ जनाले  खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथांक अनुसार हालसम्म खोप लिनेमा प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, वाग्मती प्रदेशमा ५० हजार ७५०, गण्डकीमा १६ हजार ४९५, लुम्बीनीमा २१ हजार ४५४, कर्णालीमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएका छन् ।

त्यस्तै मन्त्रालयले पहिलो चरणको खोप अन्तरगत पहिलो डोज १० दिनभित्र दिने लक्ष्य राखे पनि १० दिनमा नसकिएमा समय थप गर्ने निर्णय गरिसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार