१८ बिगाहामा लगाइएको अफिम र गाँजा खेती नष्ट

१८ बिगाहामा लगाइएको अफिम र गाँजा खेती नष्ट

काठमाडौं  । प्रहरीले मकवानपुरमा १८ बिगाहा १० कठ्ठा लगाइएको लागुओषध अफिम तथा गाँजा खेती नष्ट गरिएको छ।

बुधबार जिल्लाकाे राक्सिराङ गाउँपालिका-४ को देवीटार, मनछाप, जिमाजुङ लगायतका १८ बिगाहाका अफिम र गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ।

मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गणबाट ४५ जनाको संयुक्त टोली खटिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले बताए।                                                                                            सो टोलीले अफिम खेती फडानी गरी नष्ट गरको थियो। त्यस्तै गाँजा खेती काटेर खेतमा लुकाइराखेको ५०० किलो गाँजा पनि नष्ट गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार