पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट, थप उपचारको लागि काठमाडौं ल्याइँयो

पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट, थप उपचारको लागि काठमाडौं ल्याइँयो

फाईल तस्बीर

काठमाडौँ । आमहडतालका क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेपछि थप उपचारको लागि काठमाडौं ल्याएको छ ।

जनकपुरमा प्रहरीको लाठी चार्जबाट पूर्वमन्त्रीहरू मातृका यादव, रामचन्द्र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी गरिएको नेकपा केन्द्रीय सदस्य विश्वनाथ साहले जानकारी दिए।

पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए । यसैगरी, जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा पनि घाइते भएका छन् । लाठी प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।

यादवको तिघ्रामा र अण्डकोषमा चोट लागेको र झाको टाउकोमा गम्भीर चोट भएको उनले बताए। दुवै जनालाई नर्भिक अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ। यस्तै, अर्का घाइते साहको अवस्था भने गम्भीर भएको नेता साहले बताए। अरु सामान्य घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार