पुतलीसडकमा ट्रान्समिटर पड्किँदा आगलागी

पुतलीसडकमा ट्रान्समिटर पड्किँदा आगलागी

काठमाडौंको पुतलीसडक चोकमा रहेको विजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ। आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडी रहेको बिजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीको कारण ठूलो क्षति नभए पनि टेलिफोनका तारहरु जलेका छन्। आगलागी केही समयपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार