भोलीदेखि पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरूद्धको खोप लगाइने

भोलीदेखि पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरूद्धको खोप लगाइने

फाईल तस्बीर

काठमाडौँ । सरकारले भोली (सोमबारदेखि) पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको छ।

त्यसका लागि उपत्यकाका ४ वटा अस्पताल तोकिएको छ। पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन्।

त्यस्तै शनिबार सम्पन्न पहिलो चरणको खोप अभियानमा जम्मा ‍१ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन्। पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले अब पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार