कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रुकुम पश्चिममा थपियो निषेधाज्ञा

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रुकुम पश्चिममा थपियो निषेधाज्ञा

मुसिकोट । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रुकुम पश्चिममा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गत वैशाख १९ गतेदेखि जेठ ३० गतेसम्मका (आज) लागि निषेधाज्ञा जारी गरेको थियो । आजै यसअघि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि पुन जेठ ७ गते सम्म थप गरिएको हो ।

जिल्लामा कोरोना संक्रमित थपिने दर वृद्धि हुँदै गएकाले निषेधाज्ञालाई थप कडा गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

कोरोनाको दोस्रो कहर सुरु भएपछि बिहिबार दिउँसो सम्म रुकुम पश्मिमा कुल ६९८ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणकै कारण अहिलेसम्म ११ जनाको ज्यान गैसकेको छ ।

निषेधाज्ञा थप भएपछि अत्यावश्यकिय सेवा र राष्ट्रिय गौरवका आयोजना लगायत बिभिन्न सार्वजनिक निर्माणका कार्यहरु बाहेक अन्य सेवा ठप्प रहने बताईएको छ । यसबाहेक एम्बुलेन्स, शववाहन तथा अत्यावश्यक सवारी साधनहरु भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर संञ्चालन हुन पाउने छन् ।

अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन, चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय जान आउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने प्रेसपास तथा परिचयपत्रवाहक सञ्चारककर्मीले चढेका सवारी साधनहरू सञ्चालन हुन पाउने प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार