कांग्रेसले सरकारको दाबी नगर्ने

कांग्रेसले सरकारको दाबी नगर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा एमालेको माधव नेपाल पक्षधर सांसदहरुले राजीनामा नदिएसम्म सरकारको दाबी नगर्ने भएको छ । अहिले भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पदाधिकारी बैठक बस्नुअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । तर, एमाले वरिष्ठ नेता नेपाल भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्तामा सरिक छन् । व्यवसायी रामेश्वर थापाको निवासमा ओली र नेपालबीचको भेटवार्ता जारी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार