एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित

एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । कांग्रेस माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।

ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव नेपाल पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै कांग्रेस माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको हो ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ ।

यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा छन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार