नेपाल बैंक मुसिकोटको एटीएम पुनः सुरु

नेपाल बैंक मुसिकोटको एटीएम पुनः सुरु

मुसिकोट । नेपाल बैंक लिमिटेड रुकुम पश्चिम शाखाको एटीएम सेवा पुनः सुचारु भएको छ । एटीएममा वैशाख २१ गते तोडफोड भएपछि सेवा बन्द भएको थियो । बन्द भएको एटीएम सेवा शुक्रबारदेखि पुनः सुचारु भएको हो ।

तोडफोड गरिएको एटीएम मर्मतका लागि नेपालगन्ज लिएको थियो । मर्मतपछि एटीएम सेवा पुनः सुचारु भएको नेपाल बैंक लिमिटेड शाखा रुकुम पश्चिमका प्रवन्धक शसिराम केसीले जानकारी दिनुभयो ।

वैशाख २१ गते दिउँसो एटीएम तोडफोड गर्दै गर्दा सिसी क्यामेराबाट थाहा भयो,’ उहाँले भन्नुभयो, ‘तत्काल प्रहरीलाई खबर गरेँ र प्रहरीले पक्राउ ग¥यो ।’ उहाँका अनुसार मुसीकोट नगरपालिका–१ सल्लेका भीमबहादुर बिकले एटीएम तोडफोड गरेका थिए ।

एटीएम बन्द हुँदा कोरोना भाइरस महामारीमा सेवाग्राहीलाई समस्या भएको थियो । पुनः सुचारु हुँदा सहज हुने अपेक्षा गरिएको छ । भीमबहादुरलाई पक्राउ गरी मुद्दा प्रक्रिय अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार