पत्रकारलाई सर्वोच्चमा बोलाइएकोप्रति महासङ्घको विरोध

पत्रकारलाई सर्वोच्चमा बोलाइएकोप्रति महासङ्घको विरोध

काठमाण्डाै । समाचारको विषयलाई लिएर सर्वोच्च अदालतले दुई जना पत्रकारलाई बोलाएर सोधपुछ गरेको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।

‘इमेज खबर का सम्पादक राजन कुईँकेल र ‘नेपाल समय’ का प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि बोलाएको भन्दै घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यस विषयमा कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति रहेको पनि महासङ्घले स्मरण  गराएको छ ।

देशको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भन्दै महासङ्घले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार