जनजागरण मञ्चद्धारा मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

जनजागरण मञ्चद्धारा मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

मुसिकोट । कोभिड –१९ रोकथामका लागि रुकुम पश्चिममा अबस्थीत एक गैरसरकारी संस्थाले मुसीकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नगरपालिकाको १ नम्बर वडामा रहेको नेपाल जनजागरण मञ्चले नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । युनाइटेट मिसन टु नेपालको सहयोगमा नेपाल जनजागरण मञ्चले नगरपालिका अन्तरगत स्वास्थ्य शाखालाई आवश्यक पर्ने एन्टीजिन किट २५ थान, पिपि सेट १०, हेन्डसेनिटाइजर ४ बोतल, अक्सीमिटर १ र सर्जिकल मास्क ६ सय थान लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

यहि जेठ ११ गते मंगलबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको संस्थाका कार्यक्रम निर्देशक शम्भु बिसीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष टेकबहादुर कुसारीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा प्रशासकीय अधिकृत नरवीर खड्का, स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्री लगायत नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार