ओलीद्धारा मास्क र सावुन वितरण

ओलीद्धारा मास्क र सावुन वितरण

चौरजहारी । कोरोना भाइरस महामारीको नियन्त्रण तथा यसबाट बच्न अहिले व्यक्तिगत र सामाजिक रुपमा एक अर्कालाई सहयोग गर्ने क्रम बढेको छ ।

यसैबीच रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ५ का युवा निर्माण व्यवसायी सन्देश प्रकाश ओलीले भाइरसको संक्रमणबाट बच्न आफ्नो व्यक्तिगत प्रयासमा यहाँका करिव २ सय घरधुरीलाई मास्क तथा साबुन वितरण गर्नुभएको छ ।

गाउँगाउँमा कोरोनाको संक्रमण दर बढेसँगै त्रास बढेकाले सर्वसाारणलाई सुरक्षित रहन अनुरोध गर्दै घरघरमा मास्क वितरण गरिएको ओलीले बताउनुभयो । मास्क बितरण सँगै मास्कको सही प्रयोग र कोरोनाबाट सुरक्षित हुने उपाएका बारेमा समेत उहाँले सर्वसाधारणलाई जानकारी गराउनुभएको छ । आफ्नो वडाबाट सुरुवात भएको सेवामुलक यो कार्य अन्य वडाहरुमा समेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।
उक्त अभियानमा कांग्रेस चौरजहारी नगर कार्यसमिति वडा नं ५ का वडा सभापति वडा सभापती लोकेन्द्र हमाल, त्यसैगरी नं ५ का युवाहरु लोकेन्द्र डिसी, राहुल बुढाथोकी, प्रविर घर्ती, भिमसेन ओली लगायतको उपस्थिती रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार