निषेधाज्ञाको बेला मूल्यबृद्धि रोक्न बजार अनुगमन

निषेधाज्ञाको बेला मूल्यबृद्धि रोक्न बजार अनुगमन

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम खलंगामा मंगलबार बजार अनुगमन गरिएको छ । पछिल्लो समय जिल्लामा जारी निषेधाज्ञाको कारण देखाउदै मूल्य बृद्धि भएको भन्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र मुसीकोट नगरपालिकाले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।

कोरोना महामारीका कारण लकडाउन भएको र बजार पनि बन्द भएका कारण व्यापारीले आफु खुसि मूल्य बढाएर सामान बिक्री भैरहेको भन्ने गुनासो बढेका कारण छड्के अनुगमण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिनुभयो ।

खलंगा बजारको त्रिवेणिचोक, माथिल्लो बजार, सहिद मैदान, पातुखोलामा रहेका १३ वटा खाद्य पसलको अनुगमण गरिएको छ । अनुगमणको क्रममा खाने तेलको मूल्य पसल अनुसार फरक फरक पाईएको थियो । त्यस्तै जिल्लामा मौज्दात खाद्यको अवस्थाको बारेमा पनि जानकारी लिइएको थियो । अनुगमन टोलीले तोकीएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ । अनुगमगन टोलीले हाललाई जिल्लामा खाद्यन्न सामाग्री पर्याप्त मात्रामा स्टक रहेको समेत जनाएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालन गरी गरिएको अनुगमनमा समितिले सबै व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिनुभएको छ ।

मुसिकोट नगरपालिको हिजो १० गते आयोजना गरेको कोभिडको प्रकोप नियन्त्रण सम्बन्धि नगरपालिकाले गरेका कार्यहरुको छलफल बारेको भर्चुअल बैठकमा बजारमा मूल्य बृद्धि भएको बिषयमा कुरा उठेपछि बजार अनुगमन गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारीले बताउनुभयो ।

सयुक्त बजार अनुगमनमा मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, मुसिकोेट नगरपालिका वडा नं. १ वडा अध्यक्ष विरवल केसी, नेपाल पत्रकार महासंघका सदस्य परिचन्द्र खत्री र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार