कोरोना सङ्क्रमणका कारण सेनाका सहायक रथी केसीको निधन

कोरोना सङ्क्रमणका कारण सेनाका सहायक रथी केसीको निधन

काठमाण्डाै । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

कोरोना सङ्क्रमण भएर छाउनीमा रहेको सैनिक अस्पतालमा उपचार गराइरहेका केसीको बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुनुहुन्थ्यो । कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुनुहुन्छ ।

२८ बेसिकका अधिकृत केसी एक वर्षअघि जर्नेलमा बढुवा हुनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार