पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

काठमाडौँ । धनुषामा पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु छ। मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष सम्मको ५ जना बालिकाको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक रानाभाटले बताए। उनले पोखरीबाट ५ जनाको शव निकालिए पनि दुई जनाको खोजी भइरहेको बताए।

पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार