जन्मदिनको अवसरमा अस्पतालका बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई खाजा

जन्मदिनको अवसरमा अस्पतालका बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई खाजा

मुसिकोट । रुकुम पश्चिमका एक युवा नेताले आफ्नो जन्मदिन अस्पतालका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीका साथमा मनाउनु भएको छ ।

जन्मदिनलाई अनावश्यक तडकभडक र फजुल खर्चका साथ मनाउने चलनलाई तोड्दै जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १३ निवासी सुन्दर शर्माले बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई खाजा र खाना खुवाएर मनाउनु भएको हो । उहाँले जिल्ला अस्पताल सल्लेमा रहेका बिरामी, उनीहरुका आफन्त र स्वास्थ्यकर्मीहरुलाई खाजा स्वरुप फलफूल, अण्डा र साझँको खाना उपलब्ध गराएर सहयोग गर्नुभएको हो ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा रुकुम पश्चिमका इन्चार्ज रहनु भएका शर्माले कोरोना महामारीको बेला अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको सम्मान तथा हौसला, बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै जन्मदिनको दिन उहाँहरुकै साथमा रहेर मनाएको बताउनुभयो । उहाँले आजको नास्ता एक छाक खाना आफ्नो तर्फबाट व्यवस्था जनाउनुभयो । जिल्ला अस्पतालमा रहेका कोरोना संक्रमित र अन्य बिरामी, उनीहरुका कुरुवा र स्वास्थ्यकर्मी सहित करिब ५० जनालाई नास्ता ,खानाको प्रवन्ध गर्नुभएको हो ।

जिल्ला अस्पतालमा रहेका बिरामी र कुरुवाहरुको लागि निशुल्क खाना खुवाउदै आएको नेकपा बिप्लव समुहको अभियानको साथमै रहेर खाना र नास्ताको व्यवस्थापन गरिएको शर्माले जनाउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार