रुकुम पूर्वमा कोभिड १९ नियन्त्रण, नक्शांकन तथा अल्पकालिन प्रतिकार्य योजना तयार

प्रतिकार्य योजना कोरोना बिरुद्धको ब्रेन र यसका अंगहरु जिल्लाका सरोकारवाहरु

रुकुम पूर्वमा कोभिड १९ नियन्त्रण, नक्शांकन तथा अल्पकालिन प्रतिकार्य योजना तयार

प्रतिकार्य योजना कोरोना बिरुद्धको ब्रेन र यसका अंगहरु जिल्लाका सरोकारवाहरु

रुकुमकोट । रुकुम पूर्वमा कोभिड-१९ नियन्त्रण नक्शांकन तथा अल्पकालिन प्रतिकार्य योजना तयार गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले बनाएको कोभिड १९ नियन्त्रण नक्शांकन तथा अल्पकालिन प्रतिकार्य योजना निर्माण कार्यदलले उक्त योजना तयार गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

अल्पकालिन रुपमा कोभिड-१९ नियन्त्रण, निदान र उपचार गर्नको लागि डिसिएमसीद्धारा गठित कार्यदलले बिहिबार उक्त योजना प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो । कोभिड-१९ नियन्त्रण नक्शांकन तथा अल्पकालिन प्रतिकार्य योजना बुझ्नहुदै प्रमुख जिल्ला अधिकारी राईले डिसिएमसीको बैठकमा पेश गरेर तत्काल कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले प्रतिकार्य योजना कोरोना बिरुद्धको ब्रेन भएको र यसका अंगहरु जिल्लाका सरोकारवाहरु भएकोले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रतिकार्य योजना स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक, नागरिक प्रतिनिधि लगायत सरोकारवाहरुसँगको कुराकानी, समन्वय र स्थलगत अध्ययन पश्चात तयार गरिएको कार्यदलका संयोजक केशव कुमार बि.सी.ले बताउनुभयो । उहाँका अनुसार उक्त प्रतिकार्य योजनाको जिल्लाको कोभिड-१९ को वर्तमान अवस्था, कोरोना नियन्त्रण तथा रोकथामका लागि गर्नुपर्ने कार्यहरु र जिम्मेवार निकाय, सरोकारवालाहरुको भूमिका, समय सिमा, निश्कर्ष तथा सुझाव लगायतका बिषयहरु समावेश गरिएको छ ।

योजना निर्माणका लागि डिसिएमसीले गत जेठ १६ गत ११ सदस्यीय कार्यदल बनाई जिम्मेवारी तोकेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार