मापदण्ड विपरितका बाख्रा फिर्ता लिएका हौं : केयर फार्म प्रा.लि.

मापदण्ड विपरितका बाख्रा फिर्ता लिएका हौं : केयर फार्म प्रा.लि.

मुसिकोट । जिल्लाको मुसिकोट नगरपालिकाका किसानलाई बाख्रा उपलब्ध गराउन जिम्मा लिएको केयर फार्म नेपाल प्रा.लि. नेपालगञ्ज बाँकेले अस्वस्थ र उत्पादन दिन नसक्ने बाख्रा उपलब्ध गराउने मनसाय नभएकोले मापदण्ड विपरितका बाख्रा तुरुन्तै फिर्ता गरेको जनाएको छ ।

शनिबार प्रालिले एक बिज्ञप्ती निकालेर किसानलाई वितरण गर्नको लागि ल्याएका केहि बाख्रा मापदण्ड विपरितको भएकोले फिर्ता लिएको स्विकार गरेको छ । प्रा.लि.ले १ सय ५० ओटा बाख्रा खरिदको लागि मुसिकोट नगरपालिकासँग सम्झौता गरेको थियो । जेठ २७ गते पहिलो चरणमा रुकुम पश्चिम ल्याईएका ५६ ओटा बाख्रा मध्य २६ ओटा बाख्रा मापदण्ड विपरित, उत्पादन दिन नसक्ने र अस्वस्थ भएको भन्दै नगरपालिकाले फिर्ता गरिदिएको थियो । बिभिन्न सञ्चार माध्याममा र सामाजिक सञ्जालमा नगरपालिका र ठेकेदार कम्पनीको चर्को बिरोध समेत भएको थियो ।

मुसिकोट नगरपालिकाले शनिबार पत्रकार सम्मेलन नै गरेर बाख्रा खरिद प्रक्रिया र घटनाबारे प्रष्ट्याएको थियो ।

https://ujelinews.com/archives/13338

कम्पनिले जारी गरेको विज्ञप्तीमा जेठ २६ गते ५६ ओटा बाख्रा नेपालगञ्जबाट पशु चिकित्सकको रोहवरमा तौल र स्वास्थ्य परिक्षण गरेर पठाईएको कुरा उल्लेख छ । नेपालगञ्जबाट रुकुम पश्चिमको मुसिकोट सम्म बाख्रा लैजााँदा लगातार ११ घण्टा सम्मको अविरल बर्षा, ७ घण्टाको बाटो अवरोध, झण्झटिलो चेकजाँचले गर्दा करिब १५ घण्टा बढी ढिलोगरी गाडि पुगेको कम्पनीले जनाएको छ । पानीमा भिजेका बाख्राको स्वास्थ्य बिग्रिएको र सम्झौता अनुसार बाख्राको तौल र मापदण्ड नपुगेकोले कम्पनीले तुरुन्तै बाख्रा फिर्ता गरेको विज्ञप्तीमा जनाईएको छ ।

भौगोलिक विकटता र मौसम प्रतिकुलताको कारण बाख्रा उपलब्ध गराउने क्रममा समस्या आएको भन्दै कम्पनिले मुसिकोट नगरपालिका, जनप्रतिनिधि, कर्मचारी, कम्पनी र स्थानीय प्रतिनिधि लक्षित अमर्यादित टिप्पणी नगरिदिन अनुरोध गरेको छ ।

बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत संघीय सरकार र मुसिकोट नगरपालिकाले लागत साझेदारीमा भएका यस कार्यक्रमका लागि १८ लाख ४२ हजारको टेण्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधि समेत व्यबस्थाको लागि बजेट बिनियोजन गरिएको थियो । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले पारदर्शी तरिकाले टेण्डर आह्वान गरेको र बाँकेको केयर फार्म प्रा.लि.ले निर्धारित कबोल अंक भन्दा १६.५४ प्रतिशत न्युनतम रकम रु.१५ लाख ३७ हजार ३ सय ५० मा कबोल गरेकोले मापदण्ड बमोजिम सम्झौता गरिएको बताउँनुभयो ।

वितरणका लागि पहिलो चरणमा ल्याएका ५६ ओटा बाख्रा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, पशु सेवा शाखा प्रमुख, लाभग्राहिहरु समेतले अवलोकन गरेर २६ ओटा बाख्रा मापदण्ड विपरित पाईएकोले उतिबेलै फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जनाउनुभयो । उहाँले ठेकेदारलाई मापदण्ड अनुसारका बाख्रा ल्याउन स्पष्ट निर्देशन दिइएको जनाउदै नगरपालिकाको कार्यसम्पादन र सुशासनमा प्रभाव पर्नेगरी कुनै पनि कार्य हुन नदिने बताउँनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार