मुसीकोटका १६ स्वास्थ्य संस्थालाई ‘बेड’ हस्तान्तरण

मुसीकोटका १६ स्वास्थ्य संस्थालाई ‘बेड’ हस्तान्तरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले नगरक्षेत्रमा रहेका स्वास्थ्य संस्थामा बिरामी राख्ने ‘बेड’ उपलब्ध गराएको छ । आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिका अन्तरगत स्वास्थ्य संस्था सुधार तथा ब्यबस्थापन तर्फको बजेटबाट बिरामी राख्ने ‘बेड’ र ‘बेड’ मा राख्ने म्याट्रिएस लगायतका सामाग्री खरिद गरि स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो ।

नगरपालिका क्षेत्रका १६ वटा स्वास्थ्य संस्थामा २/२ वटाका दरले ३२ वटा बिरामी राख्ने ‘बेड’ र ‘बेड’ मा राख्ने म्याट्रिएस लगायतका सामाग्री उपलब्ध गराइएको स्वास्थ्य शाखाका प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो ।

हाल सञ्चालनमा रहेका १५ वटा स्वास्थ्य संस्था र निर्माणाधिन अबस्थामा रहेको एउटा गरि १६ वटा स्वास्थ्य संस्थामा ति स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । स्वास्थ्य संस्थामा दैनिक उपचारका लागि आउने बिरामीलाई उपचारमा सहजता पैदा होस् भन्ने उद्देश्यले उक्त सामाग्री उपलब्ध गराइएको हो ।

उक्त सामाग्री नगरपालिकाले स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थामै पुगेर हस्तान्त्रण गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार