भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइनेछ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो । डा. गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार