गुल्मीको मुसीकोटका नगर प्रमुख सहितको टोलीलाई स्वागत

गुल्मीको मुसीकोटका नगर प्रमुख सहितको टोलीलाई स्वागत

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा सहितको प्रतिनिधि मण्डललाई स्वागत गरेको छ ।

शनिबार मुसिकोट नगरपालिका रुकुम पश्चिममा पुगेका नगर प्रमुख  सापकोटा सहितको प्रतिनिधि मण्डललाई रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा स्वागत गरिएको मुसीकोट नगरपालिका रुकुम पश्चिमका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो ।

रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकाको तर्फबाट नगर प्रमुख देबीलाल गौतम सहित जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन। स्वागतपछि दुबै पक्षको संयुक्त बैठक बसेको छ । बैठकमा दुबै नगरपालिकामा हाल भइरहेको गतिबिधि र अनुभव आदान प्रदान गरिएको थियो ।

दुबै नगरपालिकाका नगर प्रमुखहरुले आ–आफ्नो पालिकाको परिचय र गतिबिधिका बारेमा सबैलाई जानकारी गराउनु भएको थियो । नामाकरण समेत एकै रहेका दुबै पालिकाबिच भावनात्मक सम्बन्ध कायम रहेको र भौगोलिक हिसाबले पनि मिल्दो–जुल्दो रहेको भन्दै दुबै नगरपालिकाबाट सञ्चालित असल अभ्यासको आदान प्रदान गर्ने दुबै पक्षले प्रतिबद्धता गरेका छन ।

त्यसका लागि आगामी दिनमा भगिनी सम्बन्ध कायम गरिने र दुबै नगरपालिकाको सम्बन्ध थप प्रगाढ बनाउने बिषयमा समेत छलफल भएको थियो।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र गुल्मीको मुसीकोट नगरपालिकाका  प्रमुख सोमप्रसाद सापकोटा मुसिकोटमा

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार