पत्रकार रेग्मी सहित उत्कृष्ट काम गर्ने १८ जना सम्मानित

पत्रकार रेग्मी सहित उत्कृष्ट काम गर्ने १८ जना सम्मानित

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष एवं आफनो एफ.एमका स्टेशन म्यानेजर गोपाल रेग्मी सहित उत्कृष्ट कार्य सम्पादन गर्ने १८ जनालाई सम्मान गरेको छ । १३ औँ नगर सभाको अवसरमा शनिबार नगरपालिका भित्रका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, जन प्रतिनिधि र संस्थालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा कोरोना महामारी तथा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै चौरजहारी अस्पतालका बालरोग विशेषज्ञ डा. कालेव वुढा, ईन्जिनियर यज्ञ वहादुर कार्की, आधारभुत विद्यालय नाखिराका प्रअ रुद्रलाल आचार्य, माध्यामिक विद्यालय खहरेका प्रअ मोतिलाल परियार, मुक्ती प्रसाद शर्मा, आधारभुत विद्यालय विजयश्वरीका प्रअ हिमसिंह दर्लामी, नगर प्रहरी असई देवेन्द्र वटाला रहेका छन ।

यस्तै स्वास्थ्यकर्मी चुडामनि केसी, वडा नम्वर २ का वडा अध्यक्ष केशव केसी, वडा नम्वर २ का वडा सचिव खुमन कंवर योगी, नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट अंक प्राप्त गर्न शीतल माध्यामिक विद्यालय चौरजहारी कक्षा ८ मा अध्ययनरत  सुधा शर्मा, हिमालय मावि खोलागाउँमा कक्षा ४ अध्ययनरत लेजिन डाँगी, जनकल्यान मावि खोलागाउँमा कक्षा ५ का अध्ययनरत प्रिति देवकोटा, आधारभुत विद्यालय नाखिरामा कक्षा ५ का अध्ययनरत प्रमिस जेठारालाई सम्मान गरिएको छ ।

नगरसभामा कृषि तथा निर्माण कार्य तर्फ नगरपालिकाभरीमा उत्कृष्ट कृषकको रुपमा भीम वहादुर खत्री, मालिका फिल्ड तथा मन्दिर निर्माण रोजगार उपभोक्ता समिति, र विजयश्वरी चौरजहारी खानेपानी उपभोक्ता समितिलाई सम्मान गरिएको छ ।

सम्मानित हुने कर्मचारी तथा संस्थाहरुलाई नगर प्रमुख विशाल शर्माले सम्मान पत्र सहित जनही नगद रु १० हजार र प्रमाण पत्र प्रदान गर्नुभएको छ । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले सम्मानित भएका कर्मचारी, जनप्रतिनिधि शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, ईन्जिनियर, कृषक तथा उपभोक्ता समितिहरुले संमृद्ध नगरपालिका निर्माणको अभियानमा खेलेको भुमिका र योगदानको प्रसंसा गर्दै आगामि दिनमा तथ निरन्तरताको कामना गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार