असार १७ सम्म कांग्रेसमा क्रियाशील सदस्यताबारे उजुरी गर्न सकिने

असार १७ सम्म कांग्रेसमा क्रियाशील सदस्यताबारे उजुरी गर्न सकिने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका भोजपुर, धनषा–१, काभ्रे –१, रुकुम पश्चिम, प्युठान र सप्तरी क्षेत्र नं। १, २, ३ र ४ (६ जिल्लाका) ९ निर्वाचन क्षेत्रको नयाँ र नवीकरणतर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको निर्णयअनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पुयाई विवादरहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्यसम्पन्न गरेको कांग्रेसले उल्लेख गरेको छ।

जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी सार्वजनिक गरिएका उल्लिखित क्षेत्र र जिल्लाका नामावलीउपर, कुनै उजुरी, गुनासा वा सुझाव भए यस समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना मार्फत सम्बन्धित पार्टी निकाय र व्यक्तिले असार १७ गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने कांग्रेसले उल्लेख गरेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार