कतार एयरको विमानबाट आएका काठमाडौंमा ३ जनामा कोरोना संक्रमणको आशंका

कतार एयरको विमानबाट आएका काठमाडौंमा ३ जनामा कोरोना संक्रमणको आशंका

बैशाख १ काठमाडौं

काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

तीनै जनाको र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।

चैत्र ५ गते कतार एयरको विमानबाट बिहान १ बजे उनीहरु काठमाडौं आएर सनसिटी अपार्टमेन्टको पाँचौ तलामा बसेका थिए ।

अपार्टमेन्टको पाँचौ तला सिल गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार