प्रदेश दुईमा १ हजार २० जना क्वारेन्टाइनमा

प्रदेश दुईमा १ हजार २० जना क्वारेन्टाइनमा

बैशाख १ जनकपुरधाम

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा प्रदेश दुईमा अहिलेसम्म ३ सय ७७ जनाको थ्रोट स्वाब परीक्षण भएको छ।

परीक्षण भएका मध्ये २ सय ३५ जनाको रिपोर्ट आएको छ। जसमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने १ सय ४२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

कोरोनाको आशंकामा प्रदेशका ८ वटा जिल्लामा निर्माण गरिएका ३ हजार २ सय ८५ बेड क्षमताका १ सय ६० वटा क्वारेन्टाइनमा अहिले १ हजार २० जना रहेका छन् भने १ हजार ३ सय ७७ जना होम क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।

त्यस्तै प्रदेशभरीमा २ सय २० बेड क्षमताको आइसोलेसनमा २५ जना रहेका छन्।

सचिव घिमिरेका अनुसार सप्तरीमा ५ सय ८७ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले २ सय ३६ जनालाई निगरानीमा राखिएको छ भने २ सय २० जना होम क्वारेन्टाइनमा छन्।

सप्तरीमा ५८७ वडा बेड क्षमता रहेको ३२ वटा क्वारेन्टाइनमा २३६ जना रहेका छन् त्यस्तै २२० जना होम क्वारेन्टाइनमा रहेका छन् भने १३ वटा आइसोलेसन बेड रहेको यहाँ अहिले कुनै पनि बिरामी नरहेको सचिव डा. घिमिरेले बताए।

सिरहामा २ सय ४६ बेड क्षमता भएको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय ३२ जना र होम क्वारेन्टाइनमा ८९ जना रहेका छन्। त्यस्तै ५ जनालाई आइसोलेसनमा राखिएको छ।

धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय १६ जना र ६२ जना होम क्वारेन्टाइनमा रहेको उनले बताए। प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा ४ जनालाई आइसोलेसनमा राखिएको छ।

त्यस्तै महोत्तरीमा ३ सय ३० बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा ८३ जना र ८ सय १७ जना होम क्वारेन्टाइनमा रहेका छन्।

सर्लाहीमा ३ सय ६५ बेड क्षमता भएको ३० वटा क्वारेन्टाइनमा ७८ जना र ५० जना होम क्वारेन्टाइनमा रहेका छन्।

रौतहटमा ७ सय ५ बेड क्षमता भएको १६ वटा क्वारेन्टाइनमा २ सय ३९ जना र ७१ जना होम क्वारेन्टाइनमा रहेका छन् त्यस्तै ३५ बेड क्षमता भएको आइसोलेसनमा कुनै शंकास्पद बिरामी रहेका छैनन्।

त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा १३ जनालाई राखिएको छ। बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आइसोलेसन बेडमा अहिले १३ जनालाई राखिएको सचिव डा. घिमिरेले जानकारी दिए। बारामा अहिले ५७ जना होम क्वारेन्टाइनमा रहेका छन्।

पर्सामा २ सय ८६ बेड क्षमता भएको १४ वटा क्वारेन्टाइनमा १ सय २६ जना र ११ जना होम क्वारेन्टाइनमा रहेका छन्। पर्साको विभिन्न ठाउँमा रहेको ३० बेडको आइसोलेसनमा अहिले ३ जनालाई राखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार