आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै ग्याल्पो ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ/संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार