ज्येष्ठ पत्रकारलाई पाँच हजारदेखि पन्ध्र हजारसम्म भत्ता

ज्येष्ठ पत्रकारलाई पाँच हजारदेखि पन्ध्र हजारसम्म भत्ता

सरकारले अब पत्रकारितामा लामो समय बिताएका ज्येष्ठ पत्रकारलाई भत्ता दिने भएको छ।  ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ निर्देशिका बनाउँदै सूचना तथा प्राविधि मन्त्रालयले ज्येष्ठ पत्रकारलाई भत्ता दिने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै ज्येष्ठ पत्रकारलाई सरकारले भत्ता दिने निर्णय गरेको जानकारी दिएको हो ।

फागुन ११ गते मन्त्रालयको बैठकले अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ पत्रकारले १५ हजार रुपैयाँका दरले भत्ता पाउने भएका हुन् ।

यसअघि पत्रकार महासंघले लामो समयदेखि ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउन माग गर्दै आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार