व्यापार उद्यमशीलता र आर्यआर्जन तालिम सम्पन्न

व्यापार उद्यमशीलता र आर्यआर्जन तालिम सम्पन्न

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपािलका क्षेत्रका युवाहरुलाई व्यापार उद्यमशीलता प्रशिक्षण तालिम प्रदान गरिएको छ । नेपाल ख्रीष्टिय राहत सेवा रुकुम पश्चिमको आयोजनामा पाँचदिने युवाहरुको लागि व्यापार उद्यमशीलता तालिम सञ्चालन गरिएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा उपभोक्ताहरू अहिलेसम्म जानकार नभएका नयाँ वस्तुहरूलाई बजारमा प्रवेश गराउनु, उत्पादनको नयाँ तरिका सुरुवात गराउनु वा वस्तुको व्यापार गर्न नयाँ तरिका अपनाउनु, वस्तुको कारोबारका लागि कुनै नयाँ क्षेत्रमा बजार खोल्नु वा बजार अस्तित्वमै नरहेका ठाउँमा बजार निर्माण गर्नु लगाएतको विषयमा प्रशिक्षण दिईएको थियो ।

यस्तै नेपाल ख्रीष्टिय राहत सेवाको सहयोगमा चारदिने महिलाहरुको समग्र विकास तथा आर्यआर्जन तालिम सम्पन्न गरिएको छ । तालिममा मुसिकोट नगरपालिका क्षेत्रका ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

दुबै तालिममको सजिकरण हिमालयन गर्जेज काठमाण्डौका प्रशिक्षक जेवि बोहरा र राजकुमार गौतमले गर्नुभएको थियो । तालिमको सोमबार समापन गरिएको छ ।

तालिम समापन कार्यक्रममा मुुसीकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनार केसी, नेपाल ख्रीष्टिय राहत सेवा रुकुम परियोजना अधिकृत सेतलाल सुनार, स्थानीय परिचालक सूर्यप्रकाश शर्मा र लेखा तथा बन्दबस्ती अधिकृत पवन चापागाई लगायतको आतिथ्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार